|

पोखरा : हत्याका फरार अपराधीलाई १९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ। मादी गाउँपालिका–९ का अमिरबहादुर रानाभाटको हत्यारा मादी गाउँपालिका–३ का ३८ वर्षीय ‘ठकुरी माइलो’ भन्ने मनबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। 

प्रहरीका अनुसार सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्दामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला भएको थियो। २०५६ सालमा हत्या गरेर फरार रहेका शाहीलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरी जेल चलान गरिएको छ। घटनामा संलग्न अन्य चार जना अझै फरार रहेको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.