|

ताप्लेजुङ : पाथीभरा याङ्वरक गाउँपालिकाबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। फुङ्लिङ नगरपालिका–५ का ३० वर्षीय रोहित श्रेष्ठ पक्राउ परेका हुन्।

उनलाई ३८ ग्राम ब्राउन सुगरसहित मेवखा प्रहरी चेकपोष्टबाट पक्राउ गरिएको ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयबाट समेत खटिएको प्रहरीको टोलीले जाँच गर्ने क्रममा श्रेष्ठको साथबाट ब्राउन सुगर फेला परेको थियो।

नियन्त्रणमा लिइएका श्रेष्ठलाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.