|

ताप्लेजुङ  : छिमेकीको बञ्चरो प्रहारबाट एक युवकको मृत्यु भएको छ। जिल्लाको आठराई त्रिवेणी गाउँपालिका ५ स्थित चाँगेका डम्बर लिम्बुले बञ्चरो प्रहार गर्दा छिमेकी ३५ वर्षीय किशोर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

बञ्चरो प्रहारबाट घाइते भएका किशोरलाई सोमबार साँझ नै जिल्ला अस्पताल ताप्लेजुङमा ल्याइए पनि यहाँ उपचार सम्भव नभए पछि  अन्यत्रै ‘रेफर’ गरिएको थियो । नोबेल अस्पताल विराटनगरमा उपचारकै क्रममा मंगलबार उनको मृत्यु भएको हो । बञ्चरो प्रहार गर्ने छिमेकीको हत्या गर्ने डम्बरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.