|

सुनसरी : उदयपुरको गाईघाटबाट सुनसरीको धरानतर्फ जाँदै गरेको बस सुनसरीको इटहरीस्थित आँपगाछीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनमा परी १६ जना बढी घाइते भएको प्रहरीले जनाएको छ।

तीव्र गतिका रहेको ना ४ ख ४२५८ नम्बरको बस साइकल यात्रीलाई जोगाउने क्रममा दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यलय इटहरीका डीएसपी अभिन्द्र रिजालले बताए। घाईतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। मृतकको पहिचान खुलेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.