'छ्यासमिसे कार्यक्रम लिएर जनता झुक्याउन पाइदैन'

|

काठमाडौं: प्रमुख प्रतिपक्ष दल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले सार्वजजनीक गरेको नीति तथा कार्यक्रममा नीति आएको कार्यक्रम नआएको टिप्पणी गरेका छन्। बुधबारबाट सुरू भएको नीति तथा कार्यक्रम छलफल कार्यक्रममा सम्वोधन गर्दै देउवाले सरकारले आफ्ना कार्यक्रम ल्याउन नसकेको बताएका हुन्।

'सरकारले ल्याएको नीति तथा कार्यक्रममा नीति देखिन्छ कार्यक्रमम छैनन्' देउवाले भने 'पाँच वर्षका कुरा छन् एक वर्षका कार्यक्रम छैनन्'

उनले यो सरकारले देशलाई समृद्धिको बाटोमा हिडाउन महत्वपूर्ण सयम पाएको भए तापनि समय खेर फाल्ने हो की भन्ने चिन्ता भएको बताए।

लगातार दुई आर्थिक वर्ष उच्चदरको आर्थिक वृद्धि हासिल गरेको अवस्थामा सरकारले त्यसको जगमा बसेर नीति तथा कार्यक्रम नआएको पनि देउवाको टिप्पणी छ।

देउवाले  जनताले पाएको राजनीतिक उपलव्धीरालाई पनि सरकारले वेवास्था गरेको समेत दाबी गरेका छन्। सिंहदरबाको अधिकार जनताको घरदैलोमा पुर्‍याउन स्थानीय सरकारलाई बलियो बनाउने कुरामा सरकार ससंकित देखिएको देउवाको आरोप छ।

सरकारले राखेको लक्ष्य कसरी पूरा गर्ने भन्ने विषयमा नीति तथा कार्कय्मर मौन रहेको देउवाको भनाई छ। साथै नेपालको सामान्ती अर्थ व्यवस्था २०१५ सालमा विपी कोइराला नैतृत्वको सरकराले परिवर्तन गरेको भएता पनि त्यसलाई वेवास्था गरिएको आरोप पनि उनले लागाएका छन्।

पहिलो विश्‍व विद्यालय, पूर्वपश्चिम राजमार्ग लगायतका कार्यक्रम त्यही समयमा सुरू गरिएता पनि यो उपलव्धीलाई सरकारले आत्मसाथ नगरेको देउवाले बताएका छन्। उनले बलियो भनेको सरकारले छ्यासमिसे नीति ल्याएर जनतालाई झुक्याउन खोजेको समेत आरोप लगाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.