|

पोखरा : नेपालको पर्यटकीय सहर  पोखराले आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्नुको पछाडि फेवातालको ठूलो भूमिका छ। पोखराको मुख्य पर्यटकीय गन्तव्य पनि फेवाताल को वरिपरी नै हो। 

देश समुन्द्री तटले नछोएको हुनाले पनि स्वदेशी पर्यटकहरु समुन्द्रको आभाष  गर्न फेवातालमा आउने गर्दछन्। हुन त नेपालमा फेवाताल जस्ता ठूला र रमणीय तालहरु धेरै नै  छन् तर ती तालहरुमा पुग्ने सहजता भने फेवाताल जतिको छैन।

पहुँचको सहजताले मात्रै यो ताल प्रख्यात भएको भने चाहिँ होइन, यसको आफ्नै रमणीय बिशेषता पनि छ। यो तालको बिचमा रहेको बराहि मन्दिरले धार्मिक पर्यटकलाइ तान्छ भने तालको वरिपरि रहेको रेस्टुरेन्ट र होटेलहरुले स्वदेशि तथा बिदेशि पर्ययटक हरुलाइ आकर्षित गर्दछ। 

काठका डुंगामा बसेर तालको सयर गर्नु यहाँको खास बिशेषता पनि हो भने तालको छेउँमा पैदल हिँड्दै तालको मनोरम दृष्यको अवलोकन गर्नु निकै रमणीय हुन्छ।
यहाको फुटवाकमा हिड्दै गर्दा देखिने काठका डुंगा, आकाशमा उड्दै गरेका प्याराग्लाइडिङ, बोटिङमा रमाइरहेका पर्यटक र पारी परसम्म देखिने तालको अर्को छेउले जसलाई पनि बसेर हेरिरहुँ जस्तो लाग्छ। 

 

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.