|

काठमाडौं: प्रधानमन्त्री र रक्षामन्त्रीको धेरै सम्पत्ति श्रीमतीको नाममा रहेको छ। प्रधानमन्त्री कार्यलयको वेब साइडमा बुधबार राखिएको विवरणअनुसार प्रधानमन्त्री केपी शर्मा ओली र रक्षा मन्त्री ईश्‍वर पोखरेलको बढी सम्पत्ति श्रीमतीको नाममा देखिएको हो।  

प्रधानमन्त्रीले आफ्नो र श्रीमतीको नाममा ५२ लाख रहेको विषय खुलाएका छन् भने पोखरेलले घर बनाउँदा ३० लाख ऋण रहेको बताएका छन्।

प्रधानमन्त्रीको सम्पत्ति विवरण 

पत्नी राधिका शाक्यको नाममा तीन तलाको घर भक्तपुर सूर्यविनायकमा रहेको उल्लेख गरिएको छ। त्यस्तै, शाक्यकै नाममा भक्तपुरमा आधा रोपनी र झापामा १० कठ्ठा जग्गा रहेको उल्लेख गरिएको छ।

झण्डै १८ तोला सुन रहेको र आफ्नो खातामा ४२ लाख र श्रीमतीको खातामा १० लाख रकम रहेको छ। त्यस्तै, शाक्यको नाममा २५ लाख रुपैयाँ बराबरको शेयर रहेको पनि उल्लेख गरिएको छ।

रक्षामन्त्री पोखरेलको सम्पत्ति

रक्षामन्त्री ईश्‍वर पोखरलेलले ३० लाख ऋण रहेको उल्लेख गरेका छन्। उनले १२ कठ्ठा पैत्रिक सम्पत्ति रहेको उल्लेख गरेका छन् भने श्रीमती मीरा पोखरेलको नाममा विभिन्न ठाउँमा पाँच रोपनी जग्गा रहेको उल्लेख गरिएको छ।

 त्यस्तै, श्रीमतीको नाममा १५ हजार २०० कित्ता शेयर रहेको उल्लेख गरिएको छ। नौ तोला सुन र २५ तोला चाँदी रहेकोमा टोखामा रहेको तीन तले घर ऋणमा रहेको उल्लेख गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.