|

भक्तपुर  : काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट बुधबार तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।

बा३ख ६६७४ नंको ट्रिपरले बा५६प १२२७ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीनजनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक श्रेष्ठले जानकारी दिए।

मृत्यु हुनेमा दोलखा मेलुङ६ घर भई हाल मध्यपुरथिमी नगरपालिका१ लोकन्थली बस्ने ५० वर्षीय स्कुटर चालक हरिबहादुर कटुवाल, करिब ४२ वर्षीया सविता घिमिरे र १३ वर्षीय अरवीन्द्र घिमिरेको मृत्यु भएको हो। तीनजनाकै शव भक्तपुर अस्पतालमा राखिएको तथा ठक्कर दिने ट्रिपरलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ। ट्रिपरका चालक भने फरार छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.