|

काठमाडौं : गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियो सार्वजनिक भएको छ। सार्वजनिक उक्त गीतमा एकनारायण भण्डारीका शब्द छन् भने आशिष अविरलको संगीत छ।

विकास सुवेदी निर्देशित भिडियोमा अहिलेका चर्चित जोडी पल शाह र आँचल शर्मा फिचरिङ छन्। भिडियोमा पल आँचलको फुलीमा पल्केको र उनको पछि लागेको देखाइएको छ। अचानक भेट हुँदा पल आँचलको फुलीमा पल्केका छन्।

अनुराग ठकुरीको नृत्य निर्देशन रहेको भिडियोमा पल र आँचलको साथमा 'साइनिङ डान्स क्रु'को नृत्य देख्न सकिन्छ। अनिल के. मानन्धरले छायांकन गरेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.