|

काठमाडौं : बुधबार मात्रै देशैभरबाट २० जनाको मृत्यु भएको छ।

प्रहरी प्रधान कार्यालयले जारी गरेको विज्ञप्तीमा देशका विभिन्न स्थानमा सवारी दुर्घटना, डुबेर, लडेरलगायतका घटनाबाट ज्यान गएको उल्लेख गरिएको छ। यस्तो छ प्रहरीको रेकर्ड:

कुपिटबाट  मृत्यु 

ताप्लेजुङ  :  आठराई त्रिवेणी गाउँपालिका-४ ओख्रे बस्ने ३० वर्षीय किशोर लिम्बूको बन्चरो प्रहारबाट मृत्यु भएको छ। उनलाई सोमबार सोही ठाउँ बस्ने ३५ वर्षीय डम्बर लिम्बूले बन्चरोले टाउकोमा प्रहार गर्दा घाइते भएकोले जिल्ला अस्पताल ताप्लेजुङ हुँदै नोबेल अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको थियो। डम्बरलाई प्रहरीले पक्राउ गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ। 

सवारी दुर्घटनामा मृत्यु :

काठमाडौं महानगरपालिका(२८ स्थित शंकरदेव क्याम्पस अगाडि सडकमा मंगलबार बा ५७ प ६३११ नम्बरको मोटरसाइकलले बा २९ प २६०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बा।२९ प २६०८ नम्बरको मोटरसाइकलमा सवार चालक पुतलीसडक घर भएका ४० वर्षीय प्रमोदविर सिंह कंसाकार र ७० वर्षीया पूर्ण केशरी कंसाकार घाइते भएकोले उपचारको लागि मोडल अस्पताल लगिएकोमा पूर्णकेशरीको उपचारको क्रममा मृत्यु भएको छ। बा ५७ प ६३११ नम्बरको मोटसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

म्याग्दी : मालिका गाउँपालिका ६ दुखुमा ग१ त ५२२० नम्बरको ट्याक्टर मंगलबार अनियन्त्रित भई सडकबाट करीब २५ मिटर तल खसी दुर्घटना हुँदा ट्याक्टर चालक कास्की घर भई पर्वत जलजला गाउँपालिका पारीबेनी बस्ने २२ वर्षीय सुरेश जिसी र सह-चालक म्याग्दी बेनी नगरपालिका ५ अर्थुङगे बस्ने १७ वर्षीय सुरज परियार घाईते भएकोले जिल्ला अस्पताल म्याग्दी पठाएकोमा जिसीको मृत्यु भएको छ। परियारलाई थप उपचारको लागि गण्डकी अस्पताल पोखरामा पठाइएको   छ।

मोरङ  : सुन्दरहरैचा नगरपालिका ४  स्थित  राजमार्गमा बुधबार को ३२ प ६४६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना  हुँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका ४ बस्ने २० वर्षीय अशोक गोसाई घाइते भएकोले उपचारको लागि धरान घोपा अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

भिरबाट लडेर मृत्यु :

काठमाडौं : नागार्जुन नगरपालिका- ६ रामकोट बस्ने  काभ्रे घर भएका ७० वर्षीय रामबहादुर तामाङ सोही नगरपालिका-६ भैरब मन्दिर नजिक भीरबाट लडेर मृत्यु भएको अवस्थामा मंगलबार फेला परेका छन्।

रुकुम पश्चिम : सानीभेरी गाउँपालिका ९ जुनेलीपोखरी बस्ने ४२ वर्षीया खुमकली खड्का भिरबाट लडि मृत्यु भएको अवस्थामा बुधबार फेला परेकी छिन्। 
धादिङ : बेनिघाट रोराङ गाँउपालिका ८ गोढी भञ्ज्याङ बस्ने नारायण श्रेष्टको छोरी १५ वर्षीया निर्मला श्रेष्ठको साथीहरूसँग जिर बानचुली भन्ने ठाउँमा घुम्न जाने क्रममा मंगलबार भिरबाट लडी मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत अवस्थामा फेला 

पाल्पा  : तानसेन नगरपालिका-२ फुलबारीस्थित पुरानो नगरपालिकाको छाप्रोमा हाल नाम, थर, वतन नखुलेको करीब ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। 

कपिलवस्तु : शिवराज नगरपालिका ६ गडगौडा स्थित खाली खेतमा नाम, थर, वतन नखुलेका करीब १४ वर्षीय बालक मंगलबार मृत अवस्थामा परेका छन्। 
सिन्धुपाल्चोक : जुगल गाउँपालिका २ गोल्चे गाउँ बस्ने ४७ वर्षीय जयलाल स्याङबो बैशाख २५ गते देखी घरबाट हराई बेपत्ता भएकोमा सोही ठाउँस्थित बलेफी खोलामा मंगलबार मृत फेला परेका छन्।

सुनसरी :  दुहवी नगरपालिका ११ तनमुना बस्ने ४५ वर्षीया संखरलाल माझी सोही ठाउँ स्थित कच्ची बाटोमा बुधबार मृत अबस्थामा फेला परेका छन्। यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

करेन्ट लागेर मृत्यु  :

काठमाडौं : कागेश्वरी मनहरा नगरपालिका ५ गोठाटार थापागाँउमा निर्माणाधिन घरको ढलान गर्न भाईबेटर मेसिन चलाउने क्रममा करेन्ट लागेर घाइते भएका काभ्रे दाप्चा स्थायी वतन भएका ४० वर्षीय हरि श्रेष्ठको मदरल्याण्ड अस्पताल पेप्सीकोलामा उपचार गर्ने क्रममा मंगलबार मृत्यु भएको छ। 

बारा : कलैया उपमहानगरपालिका(९ रामपुर स्थित ईन्तिआज आलमको लक्की चिम्नी इँट्टाभट्टामा काम गर्ने बारा पचरौता नगरपालिका(६ पकडिया घर भएका उक्त ईट्टा भट्टामा काम गर्ने फिरोज अंसारीको नाति ६ वर्षीय मुस्ताफ अंसारीले घर अगाडि रहेको खालि तारमा छुदा करेन्ट लागि मंगलबार घटनास्थलमै मृत्यु भएको छ। 

सिन्धुपाल्चोक : ईन्द्रावती गाउँपालिका(५ बस्ने अर्जुन तामाङको पसलमा रहेको फ्रिजको चिसो खान भनि सोही ठाउँ बस्ने ३५ वर्षीय प्रेमबहादुर तामाङले फ्रिज खोल्दा हाई भोल्टेज आई करेन्ट सर्ट भएर गम्भीर घाईते भएकाले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची ल्याएकोमा उपचारको क्रममा मंगलबार मृत्यु भएको छ। यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते :

भक्तपुर :  सूर्यविनायक नगरपालिका-९ पलासेस्थित सडकमा बा।३ ख ६६७४ नम्बरको टिपरले बा ५६ प १२२७ नम्बरको स्कुटीलाई बुधबार ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटी चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने ५० वर्षीय हरिबहादुर कटुवाल, स्कुटीमा सवार लोकन्थली बस्ने दोलखा मेलुङ्ग-६ की ३६ वर्षीया सविता घिमिरे र सविताको छोरा १३ वर्षीय अरविन घिमिरेको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। उक्त टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार चालकको खोजी भइरहेको छ।

 धादिङ :   बेनिघाट रोराङ गाउँपालिका ९ हुग्दी पुलस्थित पृथ्वी राजमार्गमा ना ५ ख १५६८ नम्बरको ट्रक बुधबार अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल हुग्दी खोलामा खसेर दुर्घटना हुँदा चालक नवलपरासीका २५ वर्षीय मनोज आलेमगर सहित ३ जना घाइते भएकोमा राजमार्ग अस्पताल मलेखुमा उपचारको क्रममा गाडीमा सवार नवलपरासी मध्यबिन्दु नगरपालिका १० बस्ने २४ वर्षीय शेरबहादुर मगरको मृत्यु भएको छ।

सुनसरी : इटहरीस्थित सडकमा ना ४ ख ४२५८ नम्बरको बस बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा हाल नाम, थर, वतन नखुलेका करीव ४२ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा सप्तरी कन्चनपुर बस्ने ३५ वर्षीया सुनितादेवी राउत सहित २१ जना घाइते भएकोले उपचारको लागि घोपा अस्पताल धरान पठाइएको छ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

मृत अवस्थामा फेला :

पोखरा लेखनाथ महानगरपालिका २२ स्थित २२ वर्षीय जयनारायण बरालको घरमा काम गरी बस्ने सिन्धुलीका ५५ वर्षीय मानबहादुर मगर सोही ठाउँस्थित बेतानीको जंगलमा बुधबार मृत अबस्थामा फेला परेका छन्। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

पानीमा डुवेर मृत्यु :  

ब्यास नगरपालिका २ बिसघरे घाटमा नुहाउने क्रममा सोही नगरपालिका ५ कन्टार बस्ने ८३ वर्षीय हिमलाल बिकको बुधबार पानीमा डुबेर मृत्यु भएको छ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.