|

काठमाडौं : तीन करोड रुपैयाँ बराबरको ब्ल्याक डाइमण्डसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुईवटा ब्ल्याक डाइमण्डसहित उनीहरूलाई पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त दरबारमार्गले विशेष सूचनाको आधारमा बुधबार लैनचौरबाट उनीहरूलाई डाइमण्डसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लैनचौर निवासी रेमश रजकसहित आठ जना रहेका छन्। उनीहरूबारे थप अनुसन्धान गर्न प्रहरीले राजश्व अनुसन्धान विभाग पठाएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहन थापाले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.