|
फाइल फोटो

काठमाडौं:  राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित मेन्दान्त अस्पताल लगिएको छ।   केही हप्तायता ग्रान्डी अस्पतालमा उपचारका लागि भर्ना गरिएको घिमिरेलाई प्रभावकारी सुधार नदेखिएपछि दिल्ली लगिएको हो।

आन्तरिक रक्तश्राव नरोकिएपछि राष्ट्रकवि घिमिरेलाई थप उपचारका लागि बुधबार अपरान्ह मेदान्त अस्पताल लगिएको हो । अस्पतालले राष्ट्रकवि घिमिरेलाई एम्बुलेन्समा राखेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्‍याएको थियो ।

ग्यास्ट्राईटीस र उच्च रक्तचापका कारण थला पर्नु भएका राष्ट्रकवि घिमिरेको दिसामा समेत रगत देखिन थालेपछि ग्रान्डी अस्पतालमा अस्पताल नै भर्ना गरेर राखिएको थियो। उनको उपचारमा संलग्न चिकित्सकहरुको सिफारिसमा दिल्ली लगिएको बताइएको छ।

 घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको थियो।  राष्ट्रकवि घिमिरे अस्पताल भर्ना भएको खवर पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अग्रसरता देखाएका थिए। ९९ वर्षीय राष्ट्रकवि घिमिरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने जनाइसकेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.