|

दुबईमा एक लाख १८ हजार अमेरिकी डलर फिर्ता दिने एक नेपाली कामदारलाई दुबई प्रहरीले सम्मान गरेको छ। दुबईस्थित स्टारबक्स कफिसपमा कार्यरत मिरन कार्कीलाई प्रहरीले रकम र महत्त्वपूर्ण कागजात फिर्ता गरेको भन्दै सम्मानित गरेको हो।

मिरनले पैसा, राहदानी, परिचयपत्र, बैंक कार्डहरूसहितको झोला मल अफ इमिरेस्ट्सको भुइँ तलामा रहेको सो क्याफेको एक शाखामा भेटाएका थिए। झोला भेटेलगत्तै उनले सुरक्षा अधिकारीलाई र मेनेजरलाई सूचित गरेका थिए भने मेनेजरले अल बर्सा पुलिस स्टेशनलाई खबर गरेका थिए। प्रहरीले झोला छोड्ने मानिस पत्ता लगाउन सफल भएको थियो। ती व्यक्ति दुबईमा पर्यटकका रुपमा आएको अन्तर्राष्ट्रिय संचार माध्यम खालीज टाइम्सले उल्लेख गरेको छ।

‘मिरनले रकम र केही थान राहदानीसहितको झोला अल बर्सा प्रहरी कार्यालयमा बुझाएका थिए, जसमा एक लाख १८ हजार अमेरिकी डलर थियो’, दुबई गुप्तचर  विभागका एक अधिकारीले बताए।

 प्रहरीले उनको इमान्दारीलाई गर्वका साथ सम्मान गरेको बताएकोछ। ‘सामुदायिक साझेदारीको अवधारणालाई बलियो बनाउने दुबई प्रहरीको चाहनासँग यो कार्यले ठ्याक्कै मेल खान्छ’,ती प्रहरीअधिकारीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.