|

इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई पराजित गर्दे कोलकाताले हैदरावाद विरुद्धको भेट पक्का गरेको छ। बुधबार भएको इलिमिनेटर चरणको रोमाञ्चक खेलमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकता दोस्रो क्वालिफायरमा स्थान बनाउन सफल भयो।

घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा सात विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो। जवाफमा राजस्थान १ सय ४४ रनमात्र जोड्न सक्यो। कोलकाताका लागि कप्तान दिनेश कार्तिकले ५२ रनको अर्धसतकीय पारी खेले, उनले ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। त्यस्तै  आन्द्रे रसेलले ४९ रन बनाउँदा शुंभम गिलले २८ र क्रिस लेयनले १८ रनको योगदान दिएका थिए।

जवाफमा राजस्थानले २० ओभरमा चार विकेट गुमाएर १ सय ४४ रनमात्र बनायो। १ सय ९ रन बनाउँदा सम्म दुई विकेटमा रहेको राजस्थानले जित निकाल्ने विश्वास गरिएको थियो तर उसले अन्तिम समयमा रन बनाउन नसक्दा अघिल्लोचरण यात्रा इलिमिनेटरबाटै अन्त गर्यो।

राजस्थानकालागि सञ्जु सामसनले ५० तथा कप्तान अजिन्क्य रहाणेले ४६ रनको योगदान दिए। त्यस्तै राहुल त्रिपाठीले २० रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन। अब फाइनल प्रवेशका लागि कोलकाताले हैदरावादसँग खेल्नेछ । हैदरावाद पहिलो क्वालिफायर्समा चेन्नेईसँग जित नजिक पुगेर पराजित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.