|

काठमाडौं : ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मूख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई मानव अधिकारकर्मीको रोहबरमा हिरातमा राख्न जिल्ला अदालत मोरङले आदेश दिएका छ।  

न्यायाधीश नारायणप्रसाद शर्माको तीन नम्बर इजलासमा गोरेको बयान बुधबारदेखि सुरु भएको छ। उनले हिासतमा राख्दा मानव अधिकारकर्मीको रोहबरमा राख्नु पर्ने निवेदन दिएका थिए। भन्ने खबर राजधानी दैनिकले लेखेको छ। 

अब विदेशीलाई कडा निगरानी भन्ने खबर अन्नपूर्ण दैनिकमा छ

विभिन्न उद्देश्यले नेपाल छिरेका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ। विदेशी अनुगमन निर्देशिका पारित भएसँगै नेपालमा बस्ने विदेशीको गतिविधि निगरानी गर्ने र आवश्यक परे खराब आचरणका विदेशीलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयलाई बाटो खुलेको छ।

गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ स्वीकृत गरेका छन्। यससँगै नेपालमा विभिन्न उद्देश्यले आफ्ना गतिविधि सञ्चालन गर्दै आएका विदेशी नागरिकमाथि कडा निगरानी हुने भएको हो। अध्यागमन विभागका महानिर्देशक संयोजक रहेको निर्देशिका कार्यान्वयन समितिले शंकास्पद विदेशीको अनुगमन गर्ने र त्यस्ता विदेशी नागरिकलाई तत्काल नियन्त्रणमा लिन सक्नेछ।

विभागका महादिर्नेशकले अध्यागमन अधिकृतको संयोजकत्वमा सुरक्षा निकायका अधिकारीलाई समेत सम्मिलित गराई जुनसुकै बेला जुनसुकै स्थानमा रहेका विदेशी नागरिकका गतिविधि निगरानी र शंका लागे उनीहरूलाई नियन्त्रणसमेत गर्न सक्ने प्रावधान निर्देशिकामा उल्लेख  छ। 

नीति तथा कार्यक्रम हावादारी : कांग्रेस भन्ने खबर नागरिक दैनिकमा छ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम हल्का र हावादारी भएको टिप्पणी गरेका छन्। सरकारको नीति तथा कार्यक्रमबारे बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै कांग्रेस संसदीय दलका नेतासमेत रहेका देउवाले भने, ‘पाँच वर्षमा दोहोरो अंकको आर्थिक वृद्धि र प्रतिव्यक्ति आय दोब्बर बनाउने भनिएको छ। तर कार्यशैली हेर्दा हल्का र हावादारी लाग्छन्।’

देउवाले नीति तथा कार्यक्रममा कुनै नयाँ कार्यक्रम र दुरदृष्टि नरहेको बताए। उनले भने, ‘नीति तथा कार्यक्रममा कुनै नौलो कार्यक्रम छैन, दुरदृष्टि पनि हेरिएको छैन। एक वर्षमा यति गर्छु, पाँच वर्षमा यति गर्छु भनेर लेखिएको पनि कही पाइएन।’ देउवाले झन्डै दुईतिहाइ बहुमतको सरकारले ल्याएको नीति तथा कार्यक्रम हेर्दा अवसर गुम्ने हो कि भन्ने चिन्ता लागेको बताए।देउवाले निजी क्षेत्र उत्साहित हुने गरी कार्यक्रम नआएको बताए। उनले भने, ‘मुलुकमा ७० प्रतिशत लगानी निजी क्षेत्रको छ। तर निजी क्षेत्रलाई प्रोत्साहन गर्ने गरी नीति आएको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.