|

काठमाडौं  : पाँच सय मेगावाटभन्दा माथिका जलविद्युत् आयोजनाका फाइल बुझाउन लगानी बोर्डले दिएको चैत १५ को  सयम सीमा उर्जा मन्त्रालयले अटेर गरेको छ। बोर्डले आयोजनाको फाइल बुझाउन पत्राचार गरेको दुई महिनाभन्दा बढी भइसकेको समाचार नागरिक दैनिकले छापेको छ।

लगानी बोर्डले चैत १ गते ५००मेगावाटभन्दा माथिका आयोजनाको सम्पूर्ण काम आफैँले गर्ने भन्दै ऊर्जा मन्त्रालयसँग सबै आयोजनाको फाइल मागेको थियो। फाइल मागेको ६६ दिन पुग्दा पनि मन्त्रालयले बार्डलाई लिखित जानकारी गराएको छैन।

गत फागुन २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको २९औँ सञ्चालक समितिको बैठकले ५०० मगावाटभन्दा ठूला आयोजना पहिचान, छनोट, अध्ययन तथा नियमनको अधिकार बोर्डलाई दिएको भन्दै ऊर्जा मन्त्रालयसँग भएको फाइल १५ दिनभित्र बुझाउन निर्देशन दिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.