|

कञ्चनपुर : बालिकालाई बन्धक बनाई भारतको टनकपुर पुर्‍याउने दुई भारतीय नागरिकविरुद्ध मानव बेचविखन ओसारपसारको मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ । 

भारतको पिलिभित थाना जानदवा ग्राम डाग बस्ने २४ वर्षीय इन्तजार अहमद र २० वर्षीय सोहीव अहमदले बालिकालाई प्रलोभनमा पारी बन्धक बनाएर भारतीय सीमावर्ती शहर टनकपुर पुरयाएका थिए। उनीहरूले बालिकालाई बन्धक बनाई रातभर यातना दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

नेपाल प्रहरीको विशेष टोलीले भारतीय प्रहरीको सहयोगमा बालिकको  उद्धार गरी बन्धक बनाउने दुवै जनालाई पक्राउ गरेको  जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.