|

सुनसरी : इटहरीबाट एसएलआर राईफलको गोलीसहित दुई युवक पक्राउ परेका छन्।

प्रहरीले ईटहरी उपमहानगरपालिका २ पानीपिया बस्ने १९ वर्षीय प्रेम आचार्य र सन्देश कुमार सुन्दासलाई एक राउण्ड एसएलआरको गोलीसहित बुधबार राती पक्राउ गरेको हो।

अस्थायी प्रहरी पोष्ट शान्तिझोडाबाट खटिएको गस्ती टोलीले आचार्यलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट गोली बरामद भएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरिक्षक राजन कार्कीले जानकारी दिए। दुवै जनालाइ नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको कार्कीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.