|

काठमाडौं: बजेटको नीति तथा कार्यक्रममा सांसदहरूले प्रदेशअनुसार पनि विकासको धारणा अघि बढाउनु पर्ने बताएका छन्। नीति तथा कार्यक्रम छलफल कार्यक्रममा हुम्लाबाट निर्वाचित सांसद छक्कबहादुर लामा कर्णाली प्रदेशको विकासको लागि पर्यटन पूर्वधार बलियो बनाउनु पर्ने बताएका हुन्।

उनले यस्ता पूर्वधार विकासमा संघीय सरकारको प्राथमिकतामा पर्नु पर्ने बताए। कर्णाली प्रदेशमा मानसरोवर रहेको र त्यसका लागि छिमेकी देश भारतबाट धेरै पर्यटक आउनसक्ने भएको कारण पूर्वधार विकासमा संघीय सरकारको प्राथमिकता पर्नु पर्ने बताए।

उनले यसको लागि सुर्खेतमा अन्तर्राष्ट्रिय विमानस्थल र हुम्लाको सिमिकोटमा नयाँ विमानस्थल निर्माण गर्नु पर्ने बताएका छन्। त्यस्तै सडक सञ्जाल विस्तार गर्नु पर्ने उनको भनाई छ।

उनले सरकारलाई जडिबुटीलाई माइनर प्रोडक्टको रुपमा लिन नहुने बताएका छन्। बनबाटै करडौ रुपैयाँ पर्ने यार्सागुम्बा पाइने भएकोले यसलाई विशेष प्राथमिकतामा राख्नु पर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.