|

विराटनगर : प्रदेश-१ को मन्त्रिपरिषद् बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनका लागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ। मन्त्रिपरिषद बैठकले आगामी जेठ १७ गते दिउँसो ३ बजे प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ।

बुधबार अपराह्न बसेको बैठकले विराटनगर महानगरपालिकाका पूर्वप्रमुख रमेशचन्द्र पौडेल, सुयषराज प्याकुरेल, डा. उत्तरकुमार रेग्मी र सोमनाथ अधिकारी सम्मिलित विज्ञ समूह गठन गर्ने निर्णय गरेको हो। विज्ञ समूहमा रहेका डा. रेग्मी विराटनगर महानगरपालिकाका पूर्वयोजना प्रमुख हुन् भने प्याकुरेल युवा उद्योगी हुन्।

त्यसैगरी, सोमनाथ अधिकारी व्यावसायिक क्षेत्रका विज्ञ तथा कानुनसम्बन्धी जानकार व्यक्तिका रुपमा चिनिन्छन्। विज्ञ समितिले सरकारको कामकारवाहीमा महत्वपूर्ण सुझाव दिनुका साथै निर्णय कार्यान्वयनको प्रभावकारिताको विषयमा सरकारलाई फिडव्याक प्रदान गर्नेछ।

संसद अधिवेशन नचलेका कारण कतिपय विषयमा अध्यादेश ल्याएर अघि बढ्नुपर्ने परिस्थिति आइसकेको थियो भने पूर्वबजेटमाथि छलफल गर्न पनि ढिलाइ भएको छ।

यसैगरी, बैठकले योजना छनोट तथा कार्यान्वयन निर्देशिका २०७५ पारित गरेको छ भने निकट भविष्यमा हुनसक्ने बाढी पहिरोको प्रकोप नियन्त्रणका लागि तटबन्ध निर्माण गर्न बजेटको प्रवन्ध गर्ने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले जानकारी दिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.