|

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिकेट कप्तान विराट कोहलीले दिएको फिटनेस च्यालेन्ज (शारीरिक व्यायामको चुनौती) स्वीकार गरेका छन्।

कोहलीले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिएका थिए। साथै उनले मोदीका अलवा पत्नी अनुष्का शर्मा र क्रिकेटर महेन्द्रसिंह धोनीलाई पनि चुनौती दिएका थिए। उक्त चुनौती पूरा गर्न मोदी, शर्मा र धोनीलाई भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नुपर्ने बताइएको थियो।

यसरी चुनौती दिने कामको सुरुवात भने मोदीको मन्त्रिपरिषद्का सदस्य एवं पूर्व व्यवसायीक सुटर राज्यवर्धन राठौरले गरेका थिए।

राठौरले ट्विट गर्दै विराट कोहलीकासाथै अभिनेता ऋतिक रोशन र एथलेटिक खेलाडी साइना नेहाललाई चुनौती दिएका थिए। जसमध्ये कोहलीले चुनौती स्वीकार गरे साथै मोदीलाई पनि चुनौती दिएका थिए। रोशन र नेहालले पनि चुनौती स्वीकार गरेको र यो कार्यको प्रसंशा गरेका थिए।

यो एक अभियान हो। जसले व्यायाममा सहयोग पुग्ने र स्वस्थ रहनेमा विश्वास गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.