|

बार्सिलोनामा दुई दशक लामो समय खर्चिएका स्पेनीस मिडफिल्डर आन्द्रे इनिएस्टा नयाँ गन्तव्‍यका लागि भन्दै जापान उडेका छन्। बार्सिलोनाले सबैखाले उपाधि चुम्दा टिमको महत्वपूर्ण सदस्य रहेका इनिएस्टा आफ्नो उच्च फर्म जारी रहँदा नै यसै सिजनको अन्तबाट क्लब छोडेका थिए।

यसअघि केहि स्पेनिस सञ्चारमाध्यमहरुले इनिएस्टा चिन जाने चर्चा गरेपनि अन्नतत उनले एसियाली अर्को पावर हाउस जापानीज फुटबल क्लव भिसेल कोवीमा आबद्द भएको जनाइएको छ। तर उनले कति रकममा अनुबन्धन भएको भन्ने विषय भने औपचारीक रुपमा खुलाएका छैनन्।

इनिस्टाले जापनीज फुटबल प्रतियोगिता जे लिगमा सहभागि टिम भिसेलमा अनुबन्धका लागि क्लवका मालिक हिरोशी मिकीतानीसँग कुरा मिलेपछि आफू उनीसँगै त्यसतर्पm जान लागेको जनाएका थिए। उनले इन्स्टाग्राममा राखेको फोटोमा हिरोशीसँग उनि विशेष विमानमा बसेर कुरा गरेको देखिएको थियो। बार्सिलोनाको प्रायोजक राकुटेन कम्पनीका प्रमुख कार्यकारी समेत रहेका हिरोशीले इनिस्टालाई जापान आउनका लागि विशेष आग्रह गरेका थिए।

स्पेनीस मिडियाले जनाएअनुसार इनिस्टा जे लिगको उत्कृष्ट क्लव मध्येको एक मिसेलबाट खेल्ने पक्का भएपछि उनी एसियातर्पm लागेका हुन्। जे लिगमा अहिलेसम्म उपाधि जित्न नसकेको कोबी हाल सातौ स्थानमा रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.