|

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिस्‍ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले वर्तमान सरकार पाँच वर्षसम्म नढल्ने दाबी गरेका छन्। अध्यक्ष दाहालले सरकार लोकतान्त्रिक मूल्यमान्यताअनुसार अघि बढ्ने पनि स्पष्ट पारे।

बिहीबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको १२औँ स्थापना दिवस तथा आर्थिक समृद्धि विषयक अन्तरक्रियामा अध्यक्ष दाहालले कामको आधारमा मूल्यांकन गर्ने परिपाटीको स्थापनाका लागि पनि दिगो र बलियो सरकार स्थापना गरिएको पनि स्मरण गराए।

अध्यक्ष दाहालले सरकार कसैले हिल्याएर नहिलिल्ने दाबी पनि गरे। उनले विगतमा सरकार अस्थिर भएको पीडाबोध भएपछि एमाले र माओवादी केन्द्रबीच एकीकरण गरेर सरकारलाई बलियो बनाउनुपरेको पनि उल्लेख गरे।

अध्यक्ष दाहालले जनता र राष्ट्रको आर्थिक जीवनमा रूपान्तरण गर्न दुई पार्टीबीच एकीकरण गर्नुपरेको पनि दोहोर्‍याए। अध्यक्ष  दाहालले विकास, समुन्नति र सुशासनको माध्यामबाट जनताको आर्थिक जीवनमा परिवर्तन नल्याए वर्तमान सरकारका लागि ठूलो चुनौती हुने पनि उल्लेख गरे।

उनले मुलुकलाई समृद्धिको दिशामा अघि बढाउन अनुकूल वातावरण बनेको भन्दै त्यसलाई अवसरको रूपमा लिएर अघि बढ्ने‍ प्रतिबद्धता पनि व्यक्त गरे। अध्यक्ष दाहालले जनताले सरकारबाट ठूलो अपेक्षा गरेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.