|

सुर्खेत : कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद उत्कर्षमा पुगेपछि मन्त्रालयका सचिव विद्यानाथ झालाई सरुवा गरिएको छ। झाले पर्यटन मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई बुधबार मात्र पक्राउ गराएका थिए।

प्रदेश मन्त्रालयका सचिव विद्यानाथ झालाई केन्द्रीय मन्त्रालयमा सरुवा गरिएको हो। उनको ठाउँमा केन्द्रीय वन मन्त्रालयका सचिव धिरेन्द्र प्रधान आउने भएका छन्।
लामो समयदेखी मन्त्रालयका मन्त्री नन्दसिंह बुढा र सचिव झा बीच एक अर्कामा मनमुटाव रहँदै आएको थियो। यतिसम्म की बोलचाल नै बन्द भएको थियो। पर्यटन मन्त्री बुढाले आफूलाई सचिव विद्यानाथ झाले असहयोग गर्दै आएको आरोप लगाउँदै आएका थिए। 

सचिवले पनि मन्त्रीले गरेको अनावश्यक खर्चमा अख्तियारी मागेको आरोप लगाएका थिए। 

बुधबार मात्रै मन्त्रालयमा झाको कार्यकक्षमै मन्त्रीका स्वकीय सचिव बुढा, जगत सिंह, हरिप्रसाद तिवारीसँग सचिव झाको झगडा भनाभन भएको थियो। प्रहरीले तीन जनालाई पक्राउ गरेर केही समयपछि छोडेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.