|

पाल्पा : कालीगण्डकी नदीमा डुबेर बिहीबार दुईजना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका-६ यम्घाका ३२ वर्षीय गोविन्द परियार र २४  वर्षीय चन्द्र परियार रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

उनका अनुसार पारिवारिक पूजा सकेर नदीमा नुहाउनेक्रममा दिउँसो साढे दुई बजे उनीहरू डुबेर बेपत्ता भएका हुन्। उनीहरूको खोजीकार्य जारी रहेको उपरीक्षक घिमिरेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.