पशुपति दर्शनले मात्र पुण्य प्राप्‍त हुने विश्वास

|

काठमाडौं : भारतीय गायक कैलाश खेर नेपाल आएका छन्। भारतीय स्वतन्त्रता दिवस तथा नेपाल–भारत कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको पूर्वसन्ध्यामा भारतीय दूतावासमा आयोजना हुने सांगितिक कार्यक्रममा सहभागी हुन गायक खेर काठमाडौं आएका हुन्। बिहीबार साँझ दूतावासमा उनको एकल प्रस्तुति हुने दूतावासले जनाएको छ।

बुधबार सांँझ नेपाल आएका खेरले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका छन्। पशुपतिनाथको दर्शन गर्न पुगेका थिए। दर्शनपछि उनले संचारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, 'भारतका महत्त्वपूर्ण ज्योतिर्लिंग (चार धाम)को दर्शनपछि पशुपतिनाथको दर्शनले मात्र पुण्य प्राप्त हुनाले आफूले पनि पशुपतिनाथको दर्शन गरेको प्रतिक्रिया दिए।

त्यस्तै, उनले मेरा गीत संगीत नेपालीहरूले मनपराइदिनुभएको छ, त्यसका लागि पनि सम्पूर्ण नेपालीहरूलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु। ‘पशुपतिनाथ पुग्दा मप्रति जुन किसिमको उत्साहजनक उपस्थिति भयो, त्यसले मलाई निकै हौसला प्रदान गर्‍यो। सबैसँग प्रत्यक्ष भेटघाट गर्न नपाए पनि यस्तो किसिमको सहभागिताले मलगायत गीत संगीतमा लाग्ने व्यक्तिहरूलाई ऊर्जा मिलेको महसुस गरेको छु’, उनले भने। 

त्यसपछि नन्दी गौशालामा ‘आपणो नेपाल’ परिवारद्वारा संचालित दैनिक नि:शुल्क भोजनमा सहभागीसमेत भए उनी। खेरले तीर्थालु भक्तजन एवं दीनदु:खीहरूलाई भोजन वितरणमा समेत सहभागी भए। नन्दी गौशालामा रहेका गाईहरूलाई समेत खानेकुरा खुवाएका थिए खेरले।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.