|

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा यही जेठ १२ र १३ गते सम्पन्न हुने राष्ट्रिय संगीतकर्मी संघको चौथो महाधिवेशनको तयारी पूरा भएको संघले जनाएको छ। काठमाडौंमा राष्ट्रिय संगीतकर्मी संघले पत्रकार सम्मलेन गरेर संस्थाको चौथो राष्ट्रिय महाधिवेशनको तयार पूरा गरेको जानकारी गराएको हो।  

राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष नवराज घोरासैनीले नेपाली गीत संगीतभित्र देखिएका सम्पूर्ण समस्यालाई समाधान गर्नको लागि आफूहरू लागिपरेको जानकारी दिए। उनले संघका सात बुँधे माग पूरा गनै बारे निरन्तर खबरदारी गर्ने बताए। उनले भने, ‘आगामी दिनहरूमा सरकारलाई रोयल्टीको उचित वितरण, कलाकारहरूले सुरक्षालगायतका सात बुँदे माग बुझाउँने र ती मागहरू पूरा गर्ने बारेमा निरन्तर खबरदारी गर्ने छौँ।’

त्यस्तै संस्थाका प्रथम उपाध्यक्ष राजेन्द्र कुमार कार्कीले कलाकारहरू राष्ट्रका गहना नभई राज्यको महत्वपूर्ण अगं भएको जिकिर गरे। उनले कलाकारलाई समस्या परेको बेला राज्यले नहेरको भन्दै कलाकारको टाउको हेरेर नभइ क्षमता हेरेर रोयल्टी दिनु पर्ने बताए। उनले भने, ‘कलाकारहरुको टाउको हेरेर होइन, उसका रचना र क्षमताको आधारमा रोयल्टी पाउनुपर्छ।’  

कार्यक्रममा संस्थाका उप–महासचिव अमृत खाँतिले चौथो महाधिवेशनमा देशभरिबाट करिब ७०० प्रतिनिधिको उपस्थिति रहने जानकारी दिए।  उनका अनुसार जेठ १२ गते दिउँसो १ बजे नागरिक उड्ड्ययन तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले पहिलो दिनको कार्यक्रम उद्घाटन गर्ने र भोलिपल्ट नेतृत्व चयन गर्ने कार्यक्रम तय भएको छ।

पत्रकार सम्मेलनमा संस्थाका वरिष्ठ उपाध्यक्ष नमराज ढुंगाना, उपाध्यक्ष प्रकाश कटुवाल, उपाध्यक्ष उमा श्रेष्ठ, महासचिव श्यामसुन्दर धिताल, सचिव गोविन्द दुलाल, कोषाध्यक्ष रमेश दुलाल ‘कागे’, मोडलहरू रीना थापा, एलिना रायमाझीलगायतका कलाकारहरूको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.