|

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केही सदस्यले विहीबार शपथ लिएका छन्। पहिले शपथ लिन छुटेका केन्द्रीय सदस्यलाई विहीबार बालुवाटरमा शपथ गराइएको हो।

' म....नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी लिइरहेको यस महत्पूर्ण घणडीमा सहिदको रगतद्धारा रञ्जित पार्टीको झण्डा सामु उभिएर प्रतिज्ञा गर्दछु' शपथमा भनिएको छ।सदस्यहरूले गलत विचार र गलत व्यवहार विरुद्ध दृढतापूर्वक जुधिरहने प्रतिज्ञा गरिएको छ।

शपथमा सहिदलाई सलाम गरिएको छ भने नेपाली क्रान्ति, मार्क्सवाद, लेलिनवाद र नेपाल कम्युनिस्ट पार्टीलाई जिन्दावाद भनिएको छ। यसपछि बालुवाटारमा पार्टी केन्द्रीय समितिको बैठक बालुवाटरमा सुरू भएको छ। नेकपाको केन्द्रीय समितिमा ४४१ जना छ।

विहीबार बोलाइएको नेकपाको पहिलो बैठकमा सबै सदस्यलाई नागरिकता लिएर आउन अध्यक्षले निर्देशन दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.