|

काठमाडौं : नेपाल स्याटलाइट टेलिकम प्रालि  तथा थाहा मिडिया ग्रुपकी अध्यक्ष अस्मिता सुमार्गीले गत जेठ ७ गते दोलखामा आगो लागेर घाइते भएकाहरूलाई सहयोग गरेकी छन्।

आगलागीमा परी घाइते भई हाल कान्ती बाल अस्पतालमा उपचाररत ११ वर्षीया सीता पकुवाल र सोही घटनामा घाइते भई हाल टिचिङ अस्पतालमा उपचाररत उनी आमा गोपिनी पकुवाललाई बिहीबार अस्पतालमा पुगी आर्थिक सहयोग गरेकी हुन्।

अस्पतालमै पुगेकी अध्यक्ष सुमार्गीले घाइतेलाई ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन्। सुमार्गीले आगलागीमा परी सख्त घाइते भएका आमाछोरीलाई नितान्त मानवीय हिसाबले आफूले व्यक्तिगत रूपमा सहयोग गरेको बताइन्।

उनले भनिन्, 'आगलागीमा घाइते हुनुभएको आमाछोरीलाई मैले नितान्त मानवीय हिसाबले सहयोग गरेकी हुँ।' यस्तै, अध्यक्ष सुमार्गीले घाइतेको शीघ्र स्वास्थ्य लाभको समेत कामना गरेकी छन्। दोलखाका युवा नेता मीनकुमार शिवाकोटीले उक्त घटना र घाइतेबारे जानकारी दिएपछि आफू सहयोगका लागि अस्पताल पुगेको अस्मिताले जानकारी दिइन्।

यस्तै, दोलखा क्षेत्र नम्बर- १ का सांसद विशाल खड्का र प्रदेश- ३ का समानुपातिक सांसद डिएन शेर्पा र हिमाली गोलेले उक्त घटनामा परी घाइते भएकाहरूलाई आजै अस्पताल पुगेर भेटेका छन्। उनीहरूले घटनामा परी घाइते भएकाहरूको सहयोगका लागि आफूहरूले सम्बन्धित निकायमा पहल गर्नेसमेत बताए।

गत जेठ ७ गते दोलखाको कालिन्चोक गाउँपालिका- ९ का शंकर पकुवालको घरमा आगलागी हुँदा तीन जना घाइते भएकामा आगलागीमा परी शंकर पकुवाल, उनकी श्रीमती गोपिनी पकुवाल, छोरी सीता पकुवाल घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.