|

जाजरकोट : किसानले लगाउँने बालीको उत्पादन बढाउँनका लागि माटो जाँच सुरु भएको छ। गाउँपालिकाका किसानहरूको जग्गामा रहेको माटो जाँच गरी माटो सुहाउँदो खेती गर्न सहज होस् भनी यो कार्य गरिएको जुनिचाँदे गाउँपालिका कृषि शाखाले जानकारी दिएको छ। 

पहिलो चरणमा जुनिचाँदे गाउँपालिकामा १६७ जना कृषकहरूको निः शुल्क माटो परीक्षण गरिएको छ। जुनिचाँदे गाउँपालिका कृषि विकास शाखाकैआयोजना तथा क्षेत्रीय माटो परीक्षण प्रयोग शाला खजुराको प्राविधिक सहयोगमा १६७ जनाको सफल परीक्षण गरिएको हो।

माटो जाँचमा संलग्न प्राविधिकका अनुसार जुनिचाँदे गाउँपपालिकाम अमलिया पना माटोको मात्रा धेरै देखिएको माटोमा नाईटोजनको मात्र राम्रो रहेको छ। सुन्तला, तरकारी, खाद्यान्न, कागती, फलफूलसम्बन्धी पर्याप्त सम्भावना रहेको प्राविधिक देवबहादुर केसीले जानकारी दिए। हाल कृषकहरू पहिलो पटक आफ्नो माटो परीक्षण गर्न पाउँदा उत्साहित देखिएको समेत केसीले बताए। साथै प्रत्येक कृषकलाई परामर्श समेत दिएको प्राविधिक केसीले बताए। उता जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले जिल्लाको दुर्गममा रहेको जुनिचाँदेमा हाल शिक्षा स्वास्थ्य कृषिमा असाध्य पछाडि परेकोले स्थानीय जनतालाई गाउँ गाउँमा सिंहदरबारको अधिकारको सहनुभूति गराउन शिविरको आयोजना गरिएको बताए।

गाउँमा बसेनी खाद्यान्न घट्नुको समस्या पत्ता लगाउँन यो कार्य गरिएको केसीले बताए। वर्षेनी एकै जातको वीउ लगाउँदा उत्पादनमा थप गिरावट आएको प्राविधिकको भनाई छ।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.