उत्तर कोरियाली नेता किमलार्इ भेट्ने अवसरबाट हात झिके ट्रम्पले

|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट भविष्यमा हुने भनिएको उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखरवार्ता रद्द भएको घोषणा गरेका छन्।

उत्तर कोरियाले हालै क्रोध र शत्रुता देखाउँदै अभिव्यक्ति दिएको भन्दै ट्रम्पले वार्ता रद्द भएको घोषणा गरेका हुन्। ट्रम्पका अुनसार आगामी जुन १२ मा सिंगापुरमा हुन लागेको शिखरवार्ताको औचित्य समाप्त भएको छ। 

ह्वाइट हाउसबाट जारी पत्रमा ट्रम्पले उत्तर कोरियासँग वार्ता गर्ने यो समय उचित नभएको उल्लेख गरेका छन्। तर उनले आफ्नो पत्रमा कुनै समय किमलाई भेट्न अत्यान्तै उत्सुक भएको पनि उल्लेख गरेका छन्। 

‘तपाईलाई भेट्न म यहाँ निकै उत्साहका साथ प्रतीक्षामा थिएँ। तर, तपाईंको क्रोत्र र शत्रुताभावपूर्ण पछिल्ले अभिव्यक्तिपछि तपाईं र मेरो महत्त्वपूर्ण र योजनावद्ध यो भेटघाटको समय अनुचित लाग्यो।’ उनले आफ्नो पत्रमा लेखेका छन्, ‘तपाईं आफ्नो परमाणु क्षमताको कुरा गर्नु हुन्छ, तर हाम्रो क्षमताका बारेमा तपाईंलाई हेक्का नहोला। कुनै पनि अवस्थामा हाम्रो शक्ति प्रयोग गर्न नपरोस भन्दै भगवान्सँग म प्राथना गर्दछु।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.