|

डडेल्धुरा : डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते भएका छन्। जिल्लाको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-६ छेलाका दुईवटा घरमा बिहीबार साँझ ६ बजेतिर चट्टयाङ पर्दा उनीहरू घाइते भएका हुन्। 

पानी र हावाहुरीसँगै आएको चट्टयाङले लाग्दा छेला गाउँकी ३३ वर्षीया रेग्मादेवि बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीया हरिनादेवि दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवि धामी, २५ वर्षीया मायादेवि धामी, १२ वर्षीया सविना धामी र ७० वर्षीया वृद्धा धौलीदेवि धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

घाइते मध्ये ६ जनाको अवस्था समान्य रहेको भए पनि बेलादेवि  र मायादेविको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। गम्भीर घाइते दुई जनालाई एम्बुलेन्समार्फत जोगबुढा अस्पतालमा ल्याइएको प्रहरी उपरीक्षक जाेशीले बताए। यस्तै परशुराम नगरपालिका ७ सादनीमा चट्टयाङ लागेर ५ जना घाइते भएका छन्। घाइते हुनेहरूमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवि भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट रहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.