|

काठमाडौं : ‘डि सिने अवार्ड’को दशौं संस्करण अन्तर्गत बिहिबार सम्पन्न भएको अवार्ड कार्यक्रममा उत्कृष्ट फिल्मको अवार्ड ‘कृ’ले जित्न सफल भएको छ। त्यस्तै, नायकतर्फ फिल्म 'कृ'बाटै अनमोल केसी उत्कृष्ट बने भने नायिकातर्फ फिल्म पञ्चायतबाट निता ढुंगाना उत्कृष्ट घोषित भइन्। उत्कृष्ट निर्देशकको अवर्ड भने फिल्म 'लिलिबिली'बाट मिलन चाम्सलाई प्रदान गरियो।

क्रिटिक्स अवार्डमा फिल्म 'ब्लाइन्ड रक्स', नायकमा 'मंगलम'बाट पुष्प खड्का, र निर्देशक पनि 'मंगलम'बाट नवल नेपाललाई प्रदान गरियो। त्यस्तै, प्रोत्साहन अवार्ड ‘संरक्षण’ निर्देशक पुणेन्द्र झालाई प्रदान गरियो।

उत्कृष्ट नव नायकको अवार्ड 'ए मेरो हजुर २' बाट सलिनमान बानियाले जित्दा नव नायिकामा 'लिलिबिली' फिल्मबाट जसिता गुरुङ उत्कृष्ट बनिन्। नव निर्देशकको अवार्ड भने झरना थापाले ‘ए मेरो हजुर २’बाट जित्न सफल भइन्।

पपुलर फिल्मको अवार्ड ‘छक्का पञ्जा २’ ले पायो भने पपुलर च्वाइस अवार्ड फिल्म ‘शत्रुगते’लाई हात पर्‍यो।  

अवार्डमा लाइफटाइम लिजेण्ड्री सम्मान नेपालको पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुसाललाई प्रदान गरियो भने छायाँछवि चलचित्रकर्मी रजत सम्मान द्वय नरेन्द्र महर्जन र मौसमी मल्ललाई प्रदान गरियो। सञ्चारकर्मी श्याम अर्यालले छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार प्राप्त गरे।

अवार्ड विजेताहरुको सुची यसप्रकार छः
उत्कृष्ट एनिमेशन: ग्लेज इन्टरटेन्मेन्ट - कृ
उत्कृष्ट पार्श्वसंगीत: एलिश कार्की - लिलीबिली
उत्कृष्ट ध्वनिमिश्रण: सुनयमान श्रेष्ठ - संरक्षण
उत्कृष्ट गीतकार: धिरेन्द्र प्रेमर्षी - संरक्षण
उत्कृष्ट गायिका: विन्दु परियार - मंगलम (पर्ख पर्ख)
उत्कृष्ट गायक: सुगम पोखरेल - ऐश्वर्व (तिमी रोएको पल)
उत्कृष्ट संगीतकार: राजनराज शिवाकोटी - दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट नृत्य निर्देशक: कविराज गहतराज - दुई रुपैयाँ (कुटुमा कुटु)
उत्कृष्ट द्वन्द्व निर्देशक: हिमाल केसी - रुद्र
उत्कृष्ट बाल कलाकार: कुशाग्र भट्टराई - पिंजडा ब्याक अगेन
उत्कृष्ट हाँस्यकलाकार: केदार घिमिरे - छक्का पञ्जा २
उत्कृष्ट खलपात्र: प्रशान्त ताम्राकार - ऐश्वर्य
उत्कृष्ट कथा: नवराज बुढाथोकी - भुइँमान्छे
उत्कृष्ट पटकथा: प्रदीप भारद्वाज - लिलीबिली
उत्कृष्ट संवाद: दिपेन्द्र लामा - घामपानी
उत्कृष्ट नव नायीका: जसीता गुरुङ - लिलीबिली
उत्कृष्ट नव नायक: सलिनमान बानियाँ - ए मेरो हजुर २
उत्कृष्ट नव निर्देशक: झरना थापा - ए मेरो हजुर २
उत्कृष्ट चरीत्र अभिनेत्री: मिथिला शर्मा - मंगलम
उत्कृष्ट चरीत्र अभिनेता: पुष्कर गुरुङ - घामपानी
उत्कृष्ट सह अभिनेत्री: बर्षा राउत - छक्का पञ्जा २
उत्कृष्ट सह अभिनेता: सलोन बस्नेत - ए मेरो हजुर २
उत्कृष्ट छायाँकार: पुरुषोत्तम प्रधान - कृ
उत्कृष्ट सम्पादक: मित्र डी गुरुङ - मंगलम
उत्कृष्ट अभिनेत्री: नीता ढुंगाना - पञ्चायत
उत्कृष्ट अभिनेता: अनमोल केसी - कृ
उत्कृष्ट निर्देशक: मिलन चाम्स - लिलीबिली
उत्कृष्ट चलचित्र: कृ

उत्कृष्ट पपुलर चलचित्र - छक्का पञ्जा २

क्रिटिक्स अवार्ड
फिल्मः व्लाइण्ड रक्स,चाम्स इन्टरटेन्मेन्ट
अभिनेताः पुष्प खड्का मंगलम
निर्देशक: नवल नेपाल, मंगलम


पपुलर च्वाइस अवार्ड: शत्रुगते
छायाँछवि लाईफटाइम लिजेण्ड्री अवार्ड: बसुन्धरा भुसाल
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: नरेन्द्र महर्जन
छायाँछवि चलचित्रकर्मी रजत सम्मान: मौसमी मल्ल
छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार: श्याम अर्याल
(प्रोत्साहन) इन्करेजमेन्ट अवार्ड: पुर्णेन्द्र झा, संरक्षण

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.