|

काठमाडौं : केन्द्रदेखि जिल्ला सम्म कार्यालय कटौती भएपछि करारमा कार्यरत करिब १२ हजार कर्मचारी व्यवस्थापन गर्न सरकारलाई मुस्किल भएको छ। केन्द्रमा मन्त्रालय र विभाग तथा जिल्लामा कार्यालय संख्या घटेपछि तिनमा वर्षौदेखि कार्यरत करारका कर्मचारी  व्यवस्थापन गर्न समस्या भएको सामान्य प्रशासन मन्त्रालयका प्रवत्ता सहसचिव सरेश अधिकारीले बताए। 

प्रधानमन्त्री कार्यालयमै सहसचिवलाई ठाँउ छैन 

निजामती प्रशासनको संरचनामा फेरबदल गरिएपछि सिंहदबा भित्र कतिपय मन्त्रालयलाई ठाँउ अपर्याप्त भएको छ भने कतिपयले दुईदेखि तीनवटा सम्म भवन प्रयोग गरिरहेका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै अस्तव्यस्त रहेको खबर कान्तिपुरमा छ। नयाँ सरकार गठनसँगै प्रधानमन्त्री कार्यालयको सांगठनिक संरचना बढाइएपछि महाशाखा प्रमुखहरुले नै बस्ने ठाँउ पाएका छैनन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.