|

नेपालगञ्ज : यहाँबाट पहाडी र हिमाली जिल्लाका लागि निर्धारण गरिएका नियमित उडानलाई समेत चार्टर गरेर यात्रुबाट चर्को भाडा असुली गर्न थालिएपछि प्रदेश ५, कर्णाली प्रदेश र ठ का पहाडी क्षेत्रमा गरिने सबै चार्टर उडान बिहीबारदेखि बन्द भएका छन्।

चार्टर उडानका नाममा पहाडी जिल्लाका यात्रुबाट चर्को भाडा असुरल गर्न थालेपछि सरकारले चार्टर उडान बन्द गर्ने निर्णय गरेको हो। नियमित उडान गर्ने अनुमति पाएका निजी विमानले चार्टर विमानका नाममा दोब्बरभन्दा बढी भाडा असुल गर्दै आएकोमा चार्टर उडान नै बन्द गरिएकाले अबदेखि त्यसो गर्न नपाइने भएको समाचार गोरखापत्र दैनिकमा उल्लेख छ।

चार्टर उडान बन्द गरिनुका सार्थ सबैका लागि समान भाडा दरसमेत कायम गरिएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रतापबाबु तिवारीले बताए। सहुलियत उडानका नाममा हप्तामा एउटा उडान गर्दै बाँकी ९० प्रतिशतभन्दा बढी चार्टर उडान हुने गरेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.