|

काठमाडौं : सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाछि छलफल भइरहँदा अधिकांश सांसद बैठक भत्ताका लागि हाजिर गरेर बाहिरिने गरेका छन्। बिहिबारको संसदमा यस्तै देखियो। हाजिर गर्नेको संख्या बढी भए पनि दुई दिनको छलफलमा धेरैजसो कुर्सी खाली देखियो। 

हाजिर भएपछि सांसदहरुले बैठक भत्ता र यातायत भत्ता वापत १÷१ हजार पाउने गरेको हुनाले सांसदहरु हाजिर गर्न संसद भवन पुग्ने र त्यहाँबाट निस्कने गरेको खबर समाचारपत्र दैनिकमा छ। 

दुधको तर मारेर करोडौं घोटाला भन्ने  खबर अन्नपूर्ण  दैनिकमा छ।  

दुग्ध विकास संस्थान डीडीसीका अध्यक्ष स्वयंले नै कर्मचारीले दूधमा तर मारेर करोडौं रुपैयाँ घोटाला गर्ने गरेको दाबी गरेका छन्। संस्थानले बजारमा ल्याएको डीडीसी ब्रान्डको दूधमा ३ प्रतिशत फ्याट हुनुपर्नेमा दुई दशमलव आठ प्रतिशत मात्र रहेको पाइएपछि संस्थानका अध्यक्ष रघु गौतमले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘दूधमा तरको परिमाण २.८ भेटियो। यो तोकिएको मापदण्डभन्दा कम हो। यो ठगी हो नै’ अध्यक्ष गौतमले  स्विकारे, ‘डीडीसीको दूधमा एक लाइनदेखि १० लाइनसम्म तर मार्ने चलनै छ। लाइन मारेको तरबाट घिउ बनाएर बाहिरी बजारमा गुपचुप बिक्री हुने गरेको पाइयो।’ वर्षौंदेखि यसरी करोडौं रुपैयाँ घोटाला भइरहे पनि सरोकारवाला निकायले गम्भीर छानबिन गर्न भने सकेको छैन। किसानबाट दूध खरिद, प्रशोधन र प्याकेजिङको समयमै छापा मारेर नमूना परीक्षण हुन नसकेका कारण यस्तो भएको सरोकारवालाको भनाइ रहेकाे छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.