|

काठमाडौं : रोजगारीका लागि विदेश जाने नेपाली युवाको संख बढिरहेका वेला त्यसैका लागि नेपाल आउने विदेशीको संख्या पनि बढ्दो छ। नेपालमा अनौपचारिक, औपचारिक एवं स्वरोजगारको क्षेत्रमा रोजगारीका लागि श्रम स्वीकृति लिन आवेदन दिने विदेशीको संख्या विगत चार वर्षको तुलनामा दोब्बर बढेको छ।

कारोबार दैनिकका अनुसार आर्थिक वर्ष २०६९ ७० मा ९१० जनाले श्रमस्वीकृति लिएकोमा गत वर्षसम्म एक हजार ९७२ पुगेको छ। गत आवमा श्रम विभागबाट एक हजार ४७२ विदेशीले श्रम स्वीकृति लिएकोमा यो वर्ष एक हजार ९७२ पुगेको छ। 

गत वर्षमा सबैभन्दा बढी चिनियाँ नागरिक नेपाल आएको श्रम विभाग गैरनेपाली व्यवस्थापन शाखाका प्रमुख नवीन पोखरेलले बताए। गत आवमा एक हजार ५४८ चिनियाँ नागरिक रोजगारीका लागि यहाँ आएको देखिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.