|

सुरुंगा (झापा) : निर्माणाधीन घरको छतबाट लडेर बिहीबार झापामा एक भारतीय नागरिकको मृत्यु भएको छ। भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईँको घर निर्माणका क्रममा उनी चारतला माथिबाट लडेका थिए। गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको थियो। तर बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.