|

बारा : त्रिभुवन राजपथको पथलैया–हेटौँडा सडक खण्डकाे बाराकाे जीतपुर सिमरा उपमहानगरपालिका-२१ आधाभारस्थित जंगलमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

हेटौँडाबाट पथलैया आउँदै गरेको ना ३ ख ६९२२ नम्बरको ट्रकले हेटौँडातर्फ जाँदै गरेको ना ४० प २०७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा सिम्रौनगढ बेनौलीका २६ वर्षीय वरुण यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

दुर्घटनामा मोटरसाइकलमा सवार बारा तेलकुवा-७ बस्ने २० वर्षीया रिंकुकुमारी यादव घाइते भएकी छिन्। सिमरास्थित अल्पाइन अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई वीरगञ्ज लगिएको छ। 

दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल प्रहरी चौकी पथलैयाको नियन्त्रणमा रहेको छ भने ट्रकका चालक फरार रहेको मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.