|

इन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो क्वालिफायर खेलमा शुक्रबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्ने भएका छन्। कोलकातास्थित इडेन गार्डेनमा हुने खेल दुवै टोली जित निकाल्दै फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिने छन्।

दोस्रो क्वालिफायरमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउने छन्।  पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ। दोस्रो क्वालिफायरको विजेताले आइतबार हुने फाइनलमा चेन्नई सुपर किंग्ससँग खेल्ने छन्। चेन्नई पहिलो क्वालिफायरमा हैदरावादलाई दुई विकेटले हराएर फाइनलमा पुगिसकेको छ। इलिमिनेटरमा राजस्थान रोयल्सलाई २५ रनले हराउँदै कोलकाताले हैदरावादसँगको भेट पक्का गरेको हो।

आईपीएलको जारी सिजनमा दुई टोलीले एक आपसमा एक एक खेलका थिए जसमा, दुवैले एक एक खेलमा जित र एक एक खेलमा हार व्यहोरेको थिए। समूह चरणको पहिलो भेटमा हैदरावादले कोलकातालाई उसैको मैदानमा पाँच विकेटले हराएको थियो। हैदरावादको घरेलु मैदानमा भएको दोस्रो भेटमा भने कोलकाताले ५ विकेटको जित निकालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.