|

सुर्खेत : कर्णाली प्रदेशसभाको दोस्रो अधिवेसन शुक्रबार देखि सुरु हुदैछ। दोश्रो अधिवेशनको पहिलो बैठक शुक्रबार दिउसो १ बजे बोलाईएको छ।

दोस्रो अधिवेशनका लागि संसदमा सात वटा विधेयक दर्ता भएका छन्।  ती मध्य चार वटा विधेयक आज बस्ने बैठकमा पेश गर्ने संसद सचिवालयले तयारी गरिरहेको छ।  सात मध्ये कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ संसदमा टेवुल भइसकेको छ। सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक २०७४, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्त सम्वन्धि कानुन तर्जुमा गर्न बनेको विधेयक –२०७५, कर्णाली प्रदेश स्तरका केही सार्वजनिक लिखित प्रमाणिकरण कार्यविधि ऐन –२०७५ कर्णाली प्रदेशको गाउँसभा र नगरसभा कानुन निर्र्माण प्रक्रिया सम्वन्धि ऐन–२०७५ सचिवालयमा दर्ता भए पनि संसदमा टेवुल भएका छैनन्।

यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमीक तथा सेवा सुविधा सम्वन्धि विधेयक २०७५ कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउनु पर्ने सुविधा विधेयक –२०७५ प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धि ऐेन–२०७५ पनि सचिवालयमा दर्ता भएका छन्। 
संसदको पहिलो अधिवेसनै क्रममा छलफलमा ल्याइनुपर्ने प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धि विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्य हरुले पाउने सुविधा सम्वन्धमा व्यवस्थ गर्न बनेको विधेयक र सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी ऐन संसदहरुकै विरोधका कारण टेवुल हुन सककोे छैन्। संसदहरुले आफुहरुलाई पिए उपलव्ध गराउनुपर्ने माग गर्दै आएका छन्। 

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सुविधा सम्वन्धी बैशाख १६ गते स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधा सम्वन्धी तथा मुख्यमन्त्रीको पारिश्रमिक तथा सुविधा सम्वन्धी ऐन बैशाख १९ गते दर्ता भएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.