|

पर्वत :  जिल्ला प्रहरी कार्यालय म्याग्दीले जुवा खेल्दै गरेको अवस्थामा सदरमुकाम म्याग्दीबाट १४ जनालाई पक्राउ गरेको छ। 

म्याग्दीमा हालै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक बीरबहादुर बुढामगरले गैरकानुनी क्रियाकलाप गरेका कसैलाई पनि नछाड्ने बताएको भोलीपल्टै उनीहरु पक्राउ परेका हुन्। प्रहरी नायव उपरीक्षक बुढामगरकाअनुसार सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद स्थानमा छापा मार्दा एक महिलासहित १४ जनालाई पक्राउ गरीएको हो। उनीहरुको साथबाट ५० हजार १ सय ४५ रुपैयाँ नगद पनि बरामद गरिएको छ।

बेनीको नमस्ते होटालबाट शेर बहादुर पाईजा, गमन छन्त्याल, भिम छन्त्याल, जिबन छन्त्याल, सोम ब. छन्त्याल, पिपलचोक स्थित ओम बहादुर छन्त्यालको घरमा जुवा खेलीरहेको अवस्थामा घर धनि छन्त्याल सहित, याम बहादुर छन्त्याल, मनोज पुन र टिका पुन (महिला)लाई पक्राउ गरिएको हो। त्यसैगरि गलेश्वर बस्ने केन कार्कीको घरबाट खड्क बहादुर गर्बुजा, बिर बहादुर शेरपुञ्जा, सिकिन्दर बहादुर बाँनिया, बिजय शेरपुञ्जा र केन कार्कीलाई जुवा खेलिरहेको समयमा पक्राउ गरीएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.