|

काठमाडौं : साउन ११ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘रोमियो एण्ड मुना’को गीत रिलिज भएको छ। बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘पल पल’ बोलको गीत सार्वजनिक गरिएको हो। विश्व शाहीको शब्द तथा संगीत रहेको यस गीतमा सुक्मित गुरुङको स्वर सुन्न सकिन्छ।

सार्वजनिक उक्त गीतको भिडियो केही फरक देखिन्छ। चित्रकार विन्सेन्ट भेन गोघद्वारा निर्मित चित्रमा भिडियोलाई तयार गरिएको छ। राजिप समरको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार सृष्टि श्रेष्ठ र विनय श्रेष्ठ फिचर छन्।

फिल्मलाई नरेश कुमार केसीले निर्देशन गरेका छन्। प्रेमकथामा निर्माण भएको फिल्ममा श्रृष्टी र विनयसँगै प्रज्वलसुजल गिरी, सुष्मा कार्की, सुरक्षा पन्तको पनि मुख्य भुमिका रहेको छ। निर्देशक केसीकै लेखन रहेको यस फिल्ममा प्रशन्न गोपाली, रोजी श्रेष्ठ र कविन शाक्यको लगानी रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.