|

काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्ण बहादुर महराले पुर्व निर्धारित समयमै बैठकमा उपस्थित हुन सरकार र सांसदहरुको गम्भीर ध्यानकर्षण गराएका छन्। बैठकमा सांसदहरुको न्युन उपस्थिति, सरकारको अनुपस्थितिका कारण समयमै बैठक संचालन हुन हुन नसकेको भन्दै उनले त्यसमा सरकार र सांसदहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन्।

उनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिको सम्बोधनलाई लिएर सांसहरुबाट व्यक्त संसदीय मर्यादा भन्दा बाहिरका शब्दहरुमा पनि संसदको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। संसदमा विशेष समय लिएर बोल्दै नेकपा का सांसद सुवासचन्द्र नेम्वाङ्गले छलफलका क्रममा राष्ट्रपतिलाई ‘महारानी’ बनाउन खोजिएको भन्ने भनाई रेकर्डबाट हटाउन माग गरेका छन्। सभामुख महराले सोही शब्दमा संसदको गम्भीर ध्यानाकर्षण भएको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.