|

काठमाडौं : असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्म 'विराङ्गना'को गीत रिलिज भएको छ। बिहीबार सम्पन्न भएको डी सिने अवार्डमा फिल्ममा समावेश 'तिमी पुलिस' बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक उक्त गीतमा दीपक शर्माको संगीत रहेको छ। दिनेश सुवेदीको शब्द रहेको गीतमा महिमा श्रेष्ठ र योन्जक लामाको स्वर सुन्न सकिन्छ।

कविराज गहतराजको करियोग्राफीमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार अनुपविक्रम शाही र शिल्पा पोखरेल फिचर छन्। भिडियोमा उनीहरु पुलिस पोसाकमा नै नृत्य गरिरहेका छन्।

राजबहादुर सानेको निर्देशनमा तयार भएको फिल्ममा शिल्पा र अनुपसँगै पृथ्वीराज प्रसाई, धीरेन शाक्य, प्रज्वल गिरी, प्रिया रिजाल, ध्रुव कोइराला, सुशील पोखरेल, अंशु थापा, अमृत सापकोटालगायतको अभिनय रहेको छ।

'फोर्थ आई मुभिज'को ब्यानरमा निर्माण भएको फिल्ममा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार र विमला भट्टको संयुक्त लगानी रहेको छ। फिल्ममा देव तामाङ सहनिर्माताको रूपमा रहेका छन्। फिल्मको वितरणको जिम्मा काठमाडौंमा 'बि के फिल्मस्' र काठमाडौंबाहिर एफडी कम्पनीले लिएको छ।

हेर्नुहोस् गीत : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.