|

काठमाडौं : ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याको घटनाले प्राथमिता पाएका वेला नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) ले २०७० साल असार २६ गते काठमाडौंको कोटेश्वरबाट बरामद गरेको ३५ किलो सुनका सुराकिले भने अझै सम्म पनि सुराकी बराबरको पाउनु पर्ने १५ प्रतिशत रकम नपाएको खुलासा भएको छ।

सुराकी बराबरको पाउनु पर्ने रकमको लागि सम्बन्धित निकायमा जाँदा तस्करी समुह र प्रहरीबाट नै आफ्नो ज्यान जोखिममा रहेको सुराकी दिनेहरुको गुनासो छ। भन्सार ऐन २०६४ को नियम ४७ अनुसार सुराकी बराबर वस्तुको १५ प्रतिशत कमिशन पाउने पर्ने व्यवस्था रहेको छ।

चीनको खासाबाट भित्र्याएको ३५ किलो सुन बा ३ ख २५७० नम्बरको टाटा वक्स कन्टेनरबाट तीन जना व्याक्तिको सूचनाको आधारमा सिआइबीले कोटेश्वरबाट बरामद गरेको थियो। 

सुनसंगै कन्टेनरका चालक निमा छिरिङलाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो। चालक निमाको वयानका क्रममा सुनका मालिक हाल चर्चित ३३ किलो सुन काण्डका फरार  अभियुक्त एमके भनिने मोहन अग्रवाल, कन्टेनरका मालिन ओमबहादुर बज्राचार्य, घ्याम्पे लामालाई पहरीले पक्राउ गरेको थियो। तीनै जना जिल्ला अदालतको आदेश अनुसार धरौटिमा छुटेका थिए।

सोही सुन काण्डमा प्रहरीले सुराकिमा वास्तविक नामनै नराखि नक्कली सुराकी खडा गरेर राखेको समेत भेटिएको थियो। यस विषयमा तक्कालिकन मा‍ओवादीका नेता एवं लेखासमितिका संयोजन जनार्दन शर्माले समेत चासो लिएर छानविन सुरुगरेका थिए। छानविन पछि वास्तविन सुराकी पत्ता लागे पनि उनीहरुले अझै सम्म सुराकि बराबर पाउने पर्ने रकम पाएका छनैन्।

बास्तविक सुराकीलार्इ रकम दिन जिल्ला अदालत काठमाडौं र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत तीन जनालाई वास्तविक सुराकि ठहर गर्दै सुराकि बराबरको कमिसन दिनु पर्ने भनेर राजस्व अनुसन्धा विभागलाई पत्र समेत काटेको छ। बरामद भएको समयको  ऐन अनुसार सुराकी वापत १५ प्रतिशत पाउने उल्लेख छ।

यसरी ३५ किलो सुनको मुल्याङकन जर्ति कटाई ०३४-९९२-७०० ग्राम भएको र यसको मुल्याङकन १४ करोड ५२ लाख ७० हजार ०९४ रुपैया रहेको देखिएको छ। यसको १५ प्रतिशत दुई करोड १७ लाख ९० हजार पाँच सय १४ रुपैया हुन आउने र सुराकीले पाउने हो। तर सुराकीहरुले रकम पाउनुको सट्टा ज्यान जोखिममा रहेको उनीहरुको गुनासो छ।  

के छ अहिले सुराकीलाई व्यवस्था ?

३५ किलो बरामद भए लगतै नेपाल सरकारको सचिव स्तरको बैठकले २०७१-१०-२९ को निर्यणले बरामद भएको समानको १० प्रतिशत वा १० लाख मध्ये जुन घटि हुन्छ त्यहि सुराकीलाई उपलब्ध गराउनु भन्ने रहेको छ। यसबाट सुराकीलाई ज्यानमात्र जोखिम हुने र सुराकी गर्न समेत डाराउनु पर्ने अवस्था आएको एक उच्च प्रहरीकै भनाई छ।

उनका अनुसार कतिपय वास्तविक सुराकीले रकम समेत यसरी नपाउँदा सुराकी दिनेको मनोबल समेत गुमेको र सचिव स्तरिय यस प्रकारको निर्णयले तस्करी गर्नेहरुलाई बल पुगेको उनको बुझाई छ। तर ३५ किलो सुन बरामद हुदा भने भन्सार नियामावलि २०६४ को नियम ४७ वमोजिमनै पुरुसकार रकम भक्तानि गर्न भन्ने भन्सार विभागको पत्र छ।   

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.