|

काठमाडौं : नायिका ऋचा शर्माले सुनकेशरी २ निर्माण घोषणा गरेकी छिन्। बिहिबार बेलुका राजधानीको छायाँ हलमा राखिएको फिल्म 'सुनकेशरी'को स्पेसल शोमा उनले यो घोषणा गरेकी हुन्।

सुनकेशरीमा फिल्मको कथा पुरा नभएको भन्दै ऋचाले सुनकेशरी २ बनाउन लागेको बताइन्। उनले भनिन् 'सुनकेशरी अन्त्य भएसँगै यस फिल्मको कथा सुरु भएको छ। त्यसैले हामी सुनकेशरी २ निर्माण गर्न लाग्दैछौं।'

सुनकेशरी शुक्रबार अर्थात आजैदेखि प्रदशर्नमा आएको छ। फिल्मले देशभरबाट करिव ७० बढी हल पाएको छ। मल्टिप्लेक्स हलमा फिल्मले राम्रो शो पाएको छ। सोलो रिलिजको मैका पाएकाले पनि फिल्मले दर्शकबाट राम्रो साथ पाउनेमा निर्माण पक्ष आशावादी छ।

बिहिबार गरिएको स्पेसल शोजबाट पनि फिल्मले राम्रो प्रतिकृया पाएको थियो। फिल्म हेर्न झरना थापा,किरश्मा मानन्धर, विपिन कार्की, कर्मा शाक्य, वर्षा सिवाकोटीलगायतका कालाकारले फिल्मलाई राम्रो प्रतिकृया दिएका छन्।

अर्पण थापा निर्देशित फिल्म सुनकेशरीमा ऋचा शर्मा, रविन्द्र झा, भिम न्यैपाने, तामन्ना लगायतको मुख्य भुमिका रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.