|

बाँके:  बाँकेका विभिन्न ठाउँबाट ठूलो परिमाणको अवैध कपडा सशस्त्र प्रहरीले शुक्रबार बरामद गरेको छ। नेपालगन्जको गणेशमान चोक र पिप्रहवा गाउँ नजिकबाट करिब दुईलाख मूल्य बराबरको लेडिज कपडा सुट र नरिवलको धुलो सशस्त्र प्रहरीले बरामद गरेको हो। 

भारतबाट भन्सार छली अवैध रुपमा भित्र्याइएको ७२ थान कुर्ता, सुरुवाल र आधा किलो तौल भएको १६ थान नरिवलको धुलो जाँचका क्रममा गणेशमान चोकबाट बरामद गरिएको जिल्ला सुरक्षा बेस नेपालगन्जका सशस्त्र प्रहरी नायव उपरीक्षक जीवन भट्टराईले बताए।

बेसबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शंका लागेर खान तलासी गर्न खोज्दा झोला छोडेर तस्करहरू फरार भएको उनले बताए। यस्तै सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय बाँकेबाट गएको गस्ती टोलीले भन्सारी छली ल्याउँदै गरिएको अवस्थामा १२४ थान लेडिज सुट कपडा  बरामद गरेको छ। नेपालगन्ज उपमहानगरपालिकाको पिप्रहवा गाउँबाट शुक्रबार बिहान कुर्ता सुरुवाल बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ। 

सशस्त्र प्रहरीको टोली देखेर तस्करले सामान फालेर भागेको सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी निरीक्षक विर्ताशेर थापाले बताए। बरामद गरिएको सबै सामान आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.