|

भक्तपुर : जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। परिवर्तित नाम भक्तपुर २७ (ट) लाई जबरजस्ती करणी गरेको अभियोगमा भक्तपुर प्रहरीले ललितपुर महालक्ष्मी नपा ७ बस्ने ३७ वर्षीय  विक्रम बस्नेतले शुक्रवार पक्राउ गरेको हो।

बस्नेतले गत पुस ५ गत सुर्यविनायक-९ नंखेलस्थित रहेको सिटीगाँउ रिसोर्टमा लगी भक्तपुर २७ (ट) लाई जबरजस्ती करणी गरेको भन्ने गत बैशाख २ गते परेको जाहेरीका आधारमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरिक्ष कृष्ण प्रसाईंले जानकारी दिए। बस्नेतलाई कानुन बमोजिम म्याद थप गरी अनुसन्धान भइरहेको प्रसाईंले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.