|

कञ्चनपुर : गएराति आएको हावाहुरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ र ९ मा रहेका दुई कुखुरा फार्ममा क्षति पुर्‍याएको छ।

दुवै कुखुरा फार्ममा गरी चार लाख बढीको क्षति भएको छ। नगरपालीकाको ८ मा रहेको कृष्ण चौधरीको कुखुरा फार्म उडाउदा फार्ममा रहेका तीन हजार ५०० बढी चल्ला मरेका छन्।

चल्ला मर्दा र फार्मको पूरै छाना उडाउदा तीन लाख रुपैयाँभन्दा बढीको क्षति भएको चौधरीले बताए। यसैगरी, सोही ठाउँका सालिभाने साउदको घरमाथि रुख खस्दा पूर्ण रुपले घर भत्किएको छ भने जंगे साउदको खरले छाएको गोठको छानो हावाहुरीले उडाएर क्षति पुर्‍याएको छ।

नगरपालिका ९ का परजित चदाँराको कुखुरा फार्म हावाहुरीले उडाउदा फर्ममा पालिएका १५० कुखुरा मरेका छन्। बेच्नका लागि तयारी अवस्थामा रहेका एक लाख रुपैयाँभन्दा बढी मूल्यका कुखुरा मरेपछि मर्कामा परेको चदाँराले बताए। एक महिनामै चार पटक विनासकारी हावाहुरी आएपछि स्थानीयले ठूलो नोक्सानी व्यहोर्नु परेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.